शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली र प्रचण्डको भिडन्तमा नेता छान्न आजै चुनाव हुँदै, भोटिङमा कसले मार्ला बाजी ?

ओली र प्रचण्डको भिडन्तमा नेता छान्न आजै चुनाव हुँदै, भोटिङमा कसले मार्ला बाजी ?

  • मिडिया डबली
  • मंगलवार, पौष २१ २०७७

  • 5.5K
    SHARES

  • ओली र प्रचण्डको भिडन्तमा नेता छान्न आजै चुनाव हुँदै, भोटिङमा कसले मार्ला बाजी ?

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएर प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले देशभर भिडन्त गरिरहेका बेला नेकपाभित्र चुनाव हुँदैछ ।

    पार्टीभित्र विवाद बढेपछि २ नम्बर प्रदेश संसदीय दलको नेता चयनका लागि आजै निर्वाचन भइरहेको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डललाई हटाउन यसअघि नै प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

    ओली पक्षविरुद्ध प्रचण्ड–नेपाल पक्षले सांसद शत्रुघन महतोलाई संसदीय दलको नेता बनाउन चाहेका छन् । नेता छान्ने निर्वाचन अन्तर्गत आज मंगलबार दिउँसो २ बजेसम्म मनोनयन दर्ता, दिउँसो २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो ३–३ः३० बजेसम्म मतदान र अपराह्न ४ बजे नतिजा प्रकाशनको समय निर्धारण गरिएको निर्वाचन संयोजक जगत प्रसाद यादवले जानकारी दिए ।

    संसदीय दलको नेता परिवर्तन गर्न महतोको पक्षमा १९ जना सांसदले हस्ताक्षर गरेका उपनेता रामकुमार यादवले दाबी गरे । प्रदेशमा नेकपाका ३२ जना सांसद रहेका छन् ।

    मंगलबारै बसेको नेकपा प्रदेशसभा दलको बैठकले ओली पक्षीय नेता मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको छ । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको हो ।

    नेकपा विभाजनपछि देशभरमै पहिलोपटक २ नम्बर प्रदेशमा निर्वाचनमार्फत दल नेता चयनको विवाद टुंग्याइँदैछ । नेकपाभित्र हुन लागेको मतदानमा कसले बाजी मार्ला भनेर चासोका साथ हेरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend