शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपाले गर्‍यो २ कम्युनिस्ट मुख्यमन्त्रीलाई बर्खास्त, पार्टीमा उथलपुथल

नेकपाले गर्‍यो २ कम्युनिस्ट मुख्यमन्त्रीलाई बर्खास्त, पार्टीमा उथलपुथल

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 21.8K
    SHARES

  • नेकपाले गर्‍यो २ कम्युनिस्ट मुख्यमन्त्रीलाई बर्खास्त, पार्टीमा उथलपुथल

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी इन्चार्जको जिम्मेवारीबाट कारवाही गर्दै बर्खास्त गरेको छ ।

    सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका दुवै मुख्यमन्त्री र पार्टी इन्चार्जलाई कारवाही गरेको हो ।

    दुवै जनालाई पार्टी प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

    बैठकले संसद पुनःस्थापना नभएसम्म ओली सरकारविरुद्ध आन्दोलन गरिराख्ने र संयुक्त आन्दोलनका लागि अन्य दलसँग समेत सहकार्य गर्ने निर्णय समेत गरेको श्रेष्ठले बताए ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत गएका बेला अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षमा बसेको बैठकले ठूला निर्णयहरू लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend