शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली पक्षलाई सिध्याउन यस्तो प्लान, भोलि बहुमतको बैठक बस्दै

ओली पक्षलाई सिध्याउन यस्तो प्लान, भोलि बहुमतको बैठक बस्दै

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 7.2K
    SHARES

  • ओली पक्षलाई सिध्याउन यस्तो प्लान, भोलि बहुमतको बैठक बस्दै

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि देशभर देखिएको असरले कम्युनिस्टको सरकार नै नरहेको प्रदेश २ समेत अछुतो रहन सकेन ।

    पार्र्टीभित्रको विवादबीच २ नम्बर प्रदेशमा नेकपाको संसदीय दलको बैठक बोलाइएको छ ।

    नेकपा विभाजन भएपश्चात पहिलो पटक संसदीय दलको बैठक बस्ने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेतालाई हटाउने रणनीति अनुसार प्रचण्ड–नेपाल पक्ष अगाडि बढेका छन् ।

    प्रचण्ड–नेपाल पक्षले संसदीय दलका नेताबाट ओली पक्षीय सत्यनारायण मण्डललाई हटाउन सचिवालय बैठक बोलाएको एक प्रदेश सांसदले जानकारी दिए ।

    नेकपाका संसदीय दलका उपनेता रामकुमार यादवसमक्ष सत्यनारायण मण्डललाई हटाउनका लागि दर्ता गराइएको अविश्वासको प्रस्ताव पत्र अनुसार मंगलवार संसदीय दलको वैठक बोलाइएको प्रदेशसभा सदस्य सत्रुधन महतोले बताएका छन् ।

    संसदीय दलका नेता मण्डलविरुद्ध प्रचण्ड–नेपाल पक्षका १७ जना सांसदले अविश्वासको प्रस्तावमा दर्ता गराएका थिए भने २० जना आफ्नो पक्षमा रहेका प्रचण्ड–नेपाल पक्षले दाबी गर्दै आएका छन् । प्रदेशमा नेकपासँग कूल ३२ जना सांसद रहेका छन् ।

    प्रदेशसभामा उसै पनि कमजोर रहेको नेकपा अब छिन्नभिन्न हुने भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend