शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रदेशसभा विघटनबारे ओली सरकारकै मन्त्रीले मुख खोलेपछि ...

प्रदेशसभा विघटनबारे ओली सरकारकै मन्त्रीले मुख खोलेपछि ...

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 3.8K
    SHARES

  • प्रदेशसभा विघटनबारे ओली सरकारकै मन्त्रीले मुख खोलेपछि ...

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरिसकेकाले अब प्रदेशसभा समेत विघटन गर्न सक्ने चर्चा चलेको छ । यसै विषयमा ओली सरकारकै मन्त्रीले चर्चालाई बल पुग्ने प्रतिक्रिया दिएकी छन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा विघटन हुनसक्ने बताएकी छन् । सोमवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा देखिएको राजनीतिको प्रभाव प्रदेश सभामा पनि देखिएकाले नेपालको संविधान र प्रदेशको कानून अनुसार प्रदेशसभा विघटन हुन सक्ने सम्भावना रहेको जानकारी दिइन् ।

    पूर्व कानून मन्त्री समेत रहेकी तुम्बाहाङ्फेले प्रदेशसभा सञ्चालन र विघटनको अधिकार प्रदेशमा रहेको जानकारी दिइन् । प्रतिनिधिसभा विघटन भएपछि वर्तमान सरकार कामचलाउ बनेको बताउँदै उनले कामचलाउ बनेको सरकारको कामकारवाही सहज रूपमा अघि बढाउन प्रधानमन्त्रीले मन्त्रीमण्डल विस्तार गरेको बताइन् ।

    संसद् विघटन संविधानमा स्पष्ट रूपमा उल्लेख नभए पनि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेको तुम्बाहाङ्फेले जानकारी दिइन् । 

    मन्त्री तुम्बाहाङ्फेले तोकिएको मितिमा चुनाव गराउन सरकार लागिरहेको जानकारी दिइन् । ‘तोकिएको मितिमा चुनाव हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ तुम्बाहाङ्फेले भनिन्, ‘चुनाव हुने विषयमा शंका नगर्दा पनि हुन्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend