आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

प्रचण्ड र माधव नेपालको नाम लिँदै ओलीले भने – श्रद्धान्जली दिन हुन्थ्यो

प्रचण्ड र माधव नेपालको नाम लिँदै ओलीले भने – श्रद्धान्जली दिन हुन्थ्यो

  • मिडिया डबली
  • सोमवार, पौष २० २०७७

  • 6.6K
    SHARES

  • प्रचण्ड र माधव नेपालको नाम लिँदै ओलीले भने – श्रद्धान्जली दिन हुन्थ्यो

    काठमाडौं – नेकपामा विभाजित भएसँगै एक अर्कालाई नंग्याउन नेताहरु व्यस्त छन्। प्रधानमन्त्री केपी शर्मा ओली त झन एकदमै गिरेर गैर राजनीतिक तवरले प्रस्तुत हुन थालेका छन्। पुस ५ गते ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपाको बहुमत समूहले ओलीलाई पार्टी अनुशासनको कारबाही घोषणा गरेको थियो । र, नेकपा विभाजनको बाटोमा अघि बढेको थियो ।

    त्यसको प्रतिशोध साँध्न र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहलाई विभाजनकारी करार गर्न ओलीले गैरजिम्मेवारी टिप्पणी गर्न थालेका छन्। अनेरास्ववियूको ऐन महरको समूहले आइतबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड र माधवको विषयमा बोल्दा राजनीतिक मर्यादा बिर्सिएकै भान हुन्थ्यो।

    अध्यक्ष प्रचण्डलाई आफूले कार्यकारी अध्यक्ष दिएको तर उपद्रो मच्चाएको आरोप लगाउँदै प्रस्तुत भएका ओलीले विभाजित समूहलाई ‘मरेर गएको (सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो’ भन्नसम्म भ्याए। ‘तपाईंहरू नहुँदा, तपाईंहरू सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरू सहिद त होइन । अब तपाईंहरूलाई कार्यक्रमहरूमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन,’ उनले भने, ‘खालि तपाईंहरूले धुलो उडाउनुहुन्छ त्यसमा हामीले पानी छम्किनुपर्छ । तपाईंहरूले दुर्गन्ध फैलाउनुहुन्छ, त्यहाँ हामीले अलिकति अत्तर छर्किनुपर्छ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend