काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनको लागि ३१५ वटा बैठक बसेको स्वयम केपी ओलीले नै बताएका छन्। उनले प्रचण्ड–माधव नेपाल समूहले आफूलाई हटाउन सात महिनामा १३५ वटा बैठक गरेको आरोप लगाएका हुन्।
काठमाडौंको कार्की पार्टी प्यालेसमा आइतबार आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न, नक्सा छापेको विरोध गर्न र सरकार विघटन गर्न खुमलटारदेखि अर्याल होटलसम्म त्यस्ता षडयन्त्रका बैठक भएको आरोप लगाए ।
ओलीले राष्ट्रियताको पक्षमा आफू दृढ छु भन्न प्रयोग गर्ने नयाँ नक्सा उनै ओलीले पुस्तकहरुमा प्रकाशन गर्नबाट रोक लगाए। अहिले भारतले महाकाली नदीको धार परिवर्तन हुनेगरि लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरिरहेको उनले वास्ता पनि गरेका छैनन्। उनलाई प्रचण्ड र माधव नेपालको खिल्ली उँडाउँदैमा ठिक्क भएको छ।
‘मैले आज मात्रै रेकर्ड पल्टाउँदै थिएँ, वैशाख १३ देखि मंसिर ४ सम्म कहिले खुमलटार, कहिले कोटेश्वर, कहिले प्रेसिडेन्ट कलेज, कहिले अँगेनोको डिल त कहिले बानेश्वरको के रे ? (अर्याल) होटलमा उहाँहरुले ३१५ वटा बैठक गर्नुभएछ’ उनले भने।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।