काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ। आएतबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले भेट गरेका हुन्। संसद विघटन पनि स्वत काम चलाउ भएका प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै पत्र थमाएको छैन।
उल्टै प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रपतिले प्रतिक्रियाहरु दिइरहेकी छन्। संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार नै जवाफ फर्काएका प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सार्वजनिक कार्यक्रमहरुमा दाहाल र नेपालको खिल्ली उँडाइरहेका छन्।
प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा आफूलाई कमजोर बनाउन खोजे राष्ट्रपतिलाई प्रयोग गरेर संकटकाल घोषणा गर्ने तयारीसमेत गरेको बताइएको छ। आइतबार रातीको भेटघाट पनि आगामी रणनीतिमा केन्द्रीत रहेको बताइएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।