काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सोमबार भारत जाने भएका छन् ।
अध्यक्ष प्रचण्डको भारत भ्रमण राजनीतिक नभई पारिवारिक रहेको स्रोतले जानकारी दिएको छ । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि भारत जान लागेका हुन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि त्यसविरुघ प्रचण्ड–नेपाल पक्षले आन्दोलन गरिरहेका बेला प्रचण्डले भने अकस्मात भारत जानुपरेको छ । प्रचण्डले आफू भारत जान लागेको जानकारी आईतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकलाई दिएका छन् । प्रचण्डले केही दिनअघि संसद विघटन प्रकरणमा आफूले भारतको सहयोग चाहेको अभिव्यक्ति दिएका थिए ।
प्रचण्डपत्नी सीता दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सन रोगको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित रहेकी छन् ।
सीता दाहाललाई उपचारका लागि यसअघि भारत, अमेरिका, थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको भएपनि स्वास्थ्यमा सुधार देखिएको छैन । केही दिनयता सीतालाई राजधानी काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।