आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ : केपी ओली

देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ : केपी ओली

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 6.9K
    SHARES

  • देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ : केपी ओली

    काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका कतिपय गतिविधि आलोचनाको शिकार हुने गरेको भएपनि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको बताएका छन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलीपक्षीय अनेरास्ववियूका कार्यकर्ता भेलालाई सम्बोधन गर्र्दै ओलीले राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी भएकोमा असन्तुष्टि पोखेका छन् ।

    ‘देशले देशभक्त, सालिन र भद्र महिला राष्ट्रपति पाएको छ, उहाँको इज्जतमाथि धावा बोल्ने ?’ उनले भने । भण्डारीविरुद्ध नाराबाजी गर्नेलाई सरम हुनुपर्छ भन्दै उनले मर्यादा राख्नुपर्ने बताए । ओलीले प्रचण्ड–नेपाल पक्षतर्फ व्यंग्य गर्दै थपे, ‘यो उनीहरूको संस्कार हो ।’

    प्रधानमन्त्री ओलीले नेकपाको अर्को पक्षका अध्यक्ष माधवकुमार नेपालले जाति विशेषलाई होच्याएको भन्दै व्यंग्य गरे । ‘मरेपछि के राजा भनी जातीय आधारमा होच्याउने ?’ उनले भने । उनले जातीय, क्षेत्रीय र भौगोलिक आधारमा होच्याउने कुनै पनि कदम स्वीकार्य नहुने बताएका छन् ।

    ओलीले सभामुख अग्निप्रसाद सापकोटाको आलोचना गर्दै कीर्ते कामको साक्षी बसेको आरोप लगाए । ‘सभामुख जस्तो मान्छे कीर्ते कामको साक्षी बस्ने ?’ उनले भने ।

    ओलीले महिलामाथि अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै नेकपा नेता भीम रावलको कडा आलोचना गरे । रावलले आफूमाथि महिलाको किड्नी हालेकाले दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको आरोप लगाउँदै यसबाट महिलाको अपमान भएको टिप्पणी उनले गरे । तर रावलले यस्तो कुनै अभिव्यक्ति दिएका थिएनन् । बरु भ्रामक खबर सम्प्रेषण गर्ने अनलाइनले अफवाह फैलाएको भनेर नेता रावलले अभिव्यक्ति दिइसकेका छन् ।

    ‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएकीले जन्मजात दिमाग बिग्रिएको हुनुपर्छ,’ ओलीले भने, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन् होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी अनुहार देखाए होलान् ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend