शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने समय तय

केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने समय तय

  • मिडिया डबली
  • आइतवार, पौष १९ २०७७

  • 7.7K
    SHARES

  • केपी ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने समय तय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिएपछि विवाद बढेर नेपाल फुटको अवस्थामा पुगेको छ । संसद विघटन गरेर नयाँ चुनावको मिति घोषणा भइसकेपछि अब ओलीले राजीनामा दिने समय तय भएको छ ।

    ओली सरकारका अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो हप्तासम्म नयाँ जनादेश अनुसारको सरकार बन्ने बताए । नेकपा रुपन्देहीका अगुवा कार्यकर्ताको भेलालाई आईतबार बुटवलमा सम्बोधन गर्दै पौडेलले आगामी जेठमा नयाँ सरकार बन्ने बताए । त्यसअघि नै प्रधानमन्त्री ओलीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने संकेत पौडेलले गरे । यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले ओलीको राजीनामा मागेका थिए ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना नरहेको बताउँदै मन्त्री पौडेलले चुनाव अहिलेको एक मात्र राजनीतिक निकास भएको दाबी गरे । पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

    ‘निर्वाचन हुन्छ कि हुँदैन भनेर नसोध्नुस् । कुरा बुझ्ने राजनीतिक दलहरु चुनावमा लागिसके । निर्वाचन आयोग चुनाव गराउन तयार छ, पार्टीहरु चुनावको तयारीमा छन्, आर्थिक स्रोत जोहो गर्न अर्थ मन्त्रालय तयार छ,’ अर्थमन्त्री पौडेलले भने, ‘बैशाख १७ र २७ गते चुनाव हुन्छ । मतगणना सकिएर जेठको पहिलो हप्तासम्ममा नयाँ जनादेशका आधारमा सरकार बनाएर गतिशील ढंगले सरकार सञ्चालन हुन्छ ।’ 

    उनले आफूहरुले स्वतन्त्र न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भए पनि प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना नरहेको जिकिर गरे । ‘प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ, अदालतको निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्छौं, यो निष्ठाको विषय हो,’ उनले भने, ‘तर हामी पनि संविधान र कानून निर्माता भएकाले अलिअलि बुझ्छौं । प्रतिनिधिसभा पुनर्स्थापनाको संवैधानिक आधार छैन । ६४ प्रतिशतको समर्थन लिएर प्रधानमन्त्री बन्दा त प्रतिनिधि सभाले समस्यको समाधान गरेन, अल्पमतले गर्न सक्छ ? बहुमतको विकल्पमा अल्पमत छ, त्यसले सरकार गठन गर्न सक्दैन ।’

    महासचिव पौडेलले आसन्न निर्वाचनमा आफूहरुले दुईतिहाइ बहुमत ल्याउने दाबी समेत गरेका छन् । ‘हिजोको जस्तो होइन, अनुशासित प्रतिनिधिसभा दिनुस् भनेर जनतामा जान्छौं, बहुमत होइन, दुईतिहाइ बहुमत ल्याउने गरी चुनावमा जान्छौं,’ उनले भने । 

    महासचिव पौडेलले केन्द्रमा असर देखिए पनि नेकपा विभाजनको प्रभाव रुपन्देहीमा नपरेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend