जनकपुरधाम – सर्लाहीमा नवनियुक्त मन्त्री प्रभु साह सवार गाडी सडकमा हिँडिरहेका सर्वसाधारणलाई ठक्कर दिएर भागेको छ ।
नवनियुक्त शहरी विकास मन्त्री प्रभु साह सवार गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा उनी सामान्य घाइते भएका सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले बताएका छन् ।
रौतहटबाट महोत्तरीमा कार्यक्रममा सहभागी हुन गइरहेका मन्त्री साह रहेको ना१झ ३८४२ नम्बरको गाडीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा पैदल यात्रीलाई ठक्कर दिएको छ ।
घाइते हुनेमा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ रहेका र उनको उपचार हरिवनको स्थानीय अस्पतालमा भइरहेको राठौरले बताएका छन् ।
ठक्कर दिएको मन्त्री साहको गाडी उद्धार गर्न छाडेर भागेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।