काठमाडौं – नेकपाको प्रचण्ड–मावध नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ । उक्त समूहले आज आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्न लागेको हो । पार्टीको विवादको कारण एक्कासी संसद विघटन गरेको भन्दै पार्टी भित्र र बाहिर प्रधानमन्त्री केपी ओलीको निकै आलोचना भइरहेको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले उक्त समूहलाई साथ नदिने भएपछि नयाँ तरिकाले कार्यक्रम घोषणा गर्ने तयारी भएको बताइएको छ । समूहका प्रवक्ता नारायणकाजी क्षेत्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएको छ ।
अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको बताइएको छ। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । विभाजित नेकपाको दुबै पक्षले आफू नै आधिकारिक भएको दावी गरिरहेका छन् । नेकपामा दुई पार्टीको अभ्यास भने सुरु भइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।