सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बिना मगरको क्षेत्रका पूर्व माओवादी हतियारसहित लुटपाट र हत्यामा लागे, गाउँघरमा त्रास

बिना मगरको क्षेत्रका पूर्व माओवादी हतियारसहित लुटपाट र हत्यामा लागे, गाउँघरमा त्रास

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 16.2K
    SHARES

  • बिना मगरको क्षेत्रका पूर्व माओवादी हतियारसहित लुटपाट र हत्यामा लागे, गाउँघरमा त्रास

    काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले चुनावका बेला आकर्षक नारा र विकासका गफ दिएर भोट बटुलेपनि अहिले पूर्व माओवादी कार्यकर्ताहरू लुटपाट र हत्या जस्तो जघन्य अपराधमा पक्राउ पर्न थालेका छन् ।

    ससुरा प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले पनि केही नेताबाहेक अधिकांशको जीवनस्तर परिवर्तन गर्न नसकेपछि पूर्व माओवादीहरू आपराधिक क्षेत्रमा लागेका छन् ।

    पूर्वमन्त्री बिना मगरको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने कञ्चनपुरको पुनर्वास नगरपालिकामा सुनका गरगहना लुटेर वृद्धाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पूर्व माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ ।

    पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरी गरगहना लुटेको आरोपमा मृतकका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर विकलाई पक्राउ गरिएको हो । विक पूर्व माओवादी कार्यकर्ता रहेका प्रहरी स्रोतले जानकारी दिएको छ ।

    विकले वृद्धाको हत्या गरी लुटेका गरगहना समेत बरामद गरिएको बताइएको छ भने केही राउन्ड गोली समेत बरामद गरिएको छ । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले घटनाको अनुसन्धानको अन्तिमतिर पुगेको बताउँदै विकलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

    गत आइतवार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव भेटिएको थियो । मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेका, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको जनाइएको छ ।

    पूर्व माओवादी कार्यकर्ताहरू हतियारसहित गाउँमा लुटपाट गर्न थालेपछि गाउँघरमा त्रास बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend