शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि प्रदेशसभा बैठक आह्वान

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि प्रदेशसभा बैठक आह्वान

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 3.9K
    SHARES

  • मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्तापछि प्रदेशसभा बैठक आह्वान

    काठमाडौं – नेकपा विभाजनसँगै प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको अवस्थामा बागमती प्रदेश सभाको बैठक आगामी माघ ८ गते बस्ने भएको छ ।

    शुक्रवार सम्पन्न प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजे बोलाउने निर्णय गरेको छ ।

    बैठकले सातौं अधिवेशन बोलाउने निर्णय गरी प्रदेश प्रमुख विष्णु प्रसाईंलाई पत्राचार गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताएका छन् ।

    बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेश सभाको छैटौं अधिवेशन स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षबाट प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    ओली पक्षका मुख्यमन्त्री पौडेलविरुद्ध पुस १० गते प्रचण्ड–नेपाल पक्षका ४५ जना सांसदले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । प्रचण्ड–नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

    एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरू गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend