शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

यी कांग्रेस सांसदले संसदमै खोले केपी ओलीको पोल, कम्युनिस्टको यस्तो षड्यन्त्र

यी कांग्रेस सांसदले संसदमै खोले केपी ओलीको पोल, कम्युनिस्टको यस्तो षड्यन्त्र

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 4.7K
    SHARES

  • यी कांग्रेस सांसदले संसदमै खोले केपी ओलीको पोल, कम्युनिस्टको यस्तो षड्यन्त्र

    काठमाडौं – नेपाली कांग्रेस नेता तथा राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले संघीय संसदको एउटा अंग प्रतिनिधिसभा मृत्यु शय्यामा पुगेको बताएका छन् ।

    शुक्रवार सुरू भएको राष्ट्रिय सभाको सातौं अधिवेशनमा मन्तव्य राख्दै देवले संविधान अनुसार प्रतिनिधि सभाको पनि आज बैठक हुनुपर्ने भए पनि प्रतिनिधि सभा नरहेको भन्दै विशिष्ट परिस्थिति आइपरेको बताएका छन् ।

    ‘संघीय संसदको एउटा अंग मृत्यु शय्यामा छ । नेपाली राजनीतिको एउटा विशिष्ट अवस्था मात्रै नभएको भन्दै जनताको त्याग तपस्या र बलिदान । २००७ पछि निरन्तरका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनको उपलव्धि नै समाप्त हुने हो कि भन्ने लक्षण आकाशमा मडारिरहेको छ । अग्रगमनका लागि लडेका सबै चिन्तित हुनु स्वाभाविक हो,’ देवले भने ।

    प्रतिनिधिसभा बैठक विघटन गरे, संवैधानिक गरे भनेर प्रधानमन्त्रीले भनेको भन्दै सांसद देवले त्यस विपरीत पूरै देशले असंवैधानिक भनिरहेको बताएका छन् ।

    ‘देश राजनीतिक दुर्घटनामा पुगेको छ । अन्योल र कुहिरोको काग जस्तो, दिग्भ्रमति छ । दिशाहिन र मृत्युवरण गर्छ । यसको मुख्य कारण सरकार र प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने ।

    देवले असंवैधानिक कदमबारे अदालतमा रिट परेकाले त्यसबारे आउने निर्णय मान्ने आफ्नो पार्टीले निर्णय नै गरेको बताएका छन् ।

    देवले प्रधानमन्त्रीले भनेजस्तो संसद भंग गर्ने अधिकार संविधानको धारा ७६ नभएको भन्दै कुनै पनि उपधारामा त्यस्तो अधिकार नभएको दाबी गरेका छन् । प्रतिनिधिसभा जनताको प्रतिनिधि बस्ने ठाउँ भएको र यसलाई मर्न दिन नहुने तर्क गरे ।

    उनले सोधे, ‘संविधानमा संसदीय सर्वोच्चता हो कि प्रधानमन्त्रीय सर्वोच्च हो ?’ उनले पार्टी भित्रको समस्या देश र संसदको समस्यामा लगेर जोड्दै प्रधानमन्त्रीले संसद भंग गरेकाले जनताले यही प्रश्न गरिरहेको बताएका छन् ।

    देवले संसद विघटनबाट सवै चिन्तित रहेको र यसको उद्दार हुन्छ हुँदैन भन्नेमा रहेको भन्दै पार्टी र आफ्नो हित नभई नेपालको हितमा सोच्नुपर्ने बेलामा त्यसरी नसोचिएकोमा सर्वत्र चिन्ता बढेको बताए । देवले मध्यावधि निर्वाचन घोषणा भएको सन्दर्भ उल्लेख गर्दै कांग्रेसले भन्दै आए जसरी अधिनायकवादी चिन्तनतर्फ उन्मुख भएको प्रमाणित हुन लागेको हो कि भनेर प्रश्न गरेका छन् ।

    कम्युनिस्टहरू उत्तर र दक्षिणको खेलमा लागेकाले देशको भविष्य नै खतरामा रहेको सांसद देवले बताएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend