काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधिसभा विघटनको विषय राष्ट्रियसभा संसदमा उठाएका छन् ।
शुक्रवार अपराह्न सुरु भएको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको प्रसङ्ग शर्माले उठाएका छन् ।
पूर्व माओवादी पृष्ठभूमिका सांसद शर्माले नेकपा औपचारिक रुपमा विभाजन नभए पनि फुटको संघारमा रहेको राष्ट्रिय सभामा जानकारी गराएका छन् ।
शर्माले उपाध्यक्ष समेत रहेका सांसद वामदेव गौतमले पार्टी एकताका लागि जोड्न रसायन छ भने प्रयोग गर्न आग्रह गरेका छन् ।
‘पार्टी विभाजित भएको र प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभा अहिले चलिरहेको छ,’ शर्माले बैठकमा भने, ‘कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन भएको होइन । पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ । मुटु फुटेको अनुभव गरेको छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।