शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओली पक्षीयलाई हटाउन अर्काे अविश्वासको प्रस्ताव दर्ता, प्रचण्ड पक्ष तात्यो !

केपी ओली पक्षीयलाई हटाउन अर्काे अविश्वासको प्रस्ताव दर्ता, प्रचण्ड पक्ष तात्यो !

  • मिडिया डबली
  • शुक्रवार, पौष १७ २०७७

  • 5.4K
    SHARES

  • केपी ओली पक्षीयलाई हटाउन अर्काे अविश्वासको प्रस्ताव दर्ता, प्रचण्ड पक्ष तात्यो !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेतालाई हटाउन २ नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । 

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्षले पार्टीका आधाभन्दा बढी सांसदको हस्ताक्षरसहित उपनेता रामकुमार यादवलाई अविश्वासको प्रस्ताव बुझाएको प्रदेशसभा सदस्य शत्रुधन महतोले बताएका छन् ।

    नेकपा २ नम्बर प्रदेश सहइन्चार्ज विश्वनाथ साहले प्रदेश सभामा नेकपाका ३२ सांसदमध्ये २० जना प्रचण्ड–नेपाल समूहमा रहेको दाबी गरेका छन् । 

    अविश्वासको प्रस्तावमा नेकपाका १९ सांसदले हस्ताक्षर गरेका छन् । अन्य केही सांसद पक्षमा भए पनि राजधानी काठमाडौंमा रहेकाले हस्ताक्षर गर्न सम्भव नभएको महतोले बताएका छन् ।

    पार्टी एकीकरण हुनुअघि प्रदेश सभामा तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद थिए । २ नम्बर प्रदेशमा प्रमुख प्रतिपक्षी दलको हैसियत पाएको नेकपाका दलका नेता मण्डलले प्रदेश सभाबाट सवारी सहितको सुविधा पाउँदै आएको भएपनि अब अविश्वासको प्रस्ताव पारित भएमा उनको सुविधा खोसिने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend