काठमाडौँ - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । शुक्रबार खुमलटार पुगेका वामदेवले प्रचण्डसँग ४५ मिनेट कुराकानी गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा विभाजन भएको छ । तर, वामदेव कतै लागेका छैनन् । वामदेव भने नेकपा एकता समिति बनाएर पार्टी एकीकरणको अभियानमा लाग्ने भएका छन् । सोही क्रममा उनी प्रचण्ड भेट्न खुमलटार पुगेको बताइन्छ ।
वामदेव राजनीतिक दल विभाजनसम्बन्धी कानुनअनुसार नेकपा विभाजन हुन नसक्ने बताउँदै आएका छन् । एउटा पार्टी एकीकरण भएको पाँच वर्षसम्म विभाजन गर्न नपाइने कानुनी व्यवस्था छ ।
प्रचण्डसँगको भेटवार्ता पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसा विघटनपछिको राजनीतिक घटनाक्रमको समीक्षा र आगामी कदमबारे केन्द्रित रहेको जनाइएको छ । वामदेवले ओलीको संसद् विघटनको विरोध गर्दै आएका छन् ।
आज राष्ट्रिय सभा बैठक बस्दैछ । सोही बैठकअघि वामदेव प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।