काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिस्ट सरकारले मनपरी गर्दा समेत सबै चुपचाप लागेको भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता भट्टराईले संसद विघटनपछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका कामलाई उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘१. संविधान मिचेर संसद विघटन र चुनावको मिति घोषणा २. चुनावी सरकारद्वारा मन्त्रिपरिषद् विस्तार ३. संसदीय समिति नभएको बेला संवैधानिक नियुक्ति ४. एसएसपीहरूको डीआईजीमा बढुवा ५. निर्मला बलात्कार–हत्यामा बर्खास्त प्रहरी पुनर्बहाली ६. संसद अपहरणकारी आफ्नो आसेपासेविरूद्ध बोल्नेलाई पक्राउ ! तर सबै चुपचाप ?’
नेता भट्टराई सरकारका कर्तुतविरुद्ध लगातार बोल्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।