आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली–प्रचण्डको झगडाले वाक्क बामदेव गौतमको छुट्टै यस्तो ‘प्लान’

ओली–प्रचण्डको झगडाले वाक्क बामदेव गौतमको छुट्टै यस्तो ‘प्लान’

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 4.2K
    SHARES

  • ओली–प्रचण्डको झगडाले वाक्क बामदेव गौतमको छुट्टै यस्तो ‘प्लान’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुईतिर लागेर एकअर्कालाई नङ्ग्याउने काम गरिरहेका छन् ।

    नेकपाका सबै नेता विभाजित भएका बेला उपाध्यक्ष बामदेव गौतम भने कतै लागेका छैनन् । बामदेव गौतमको उपाध्यक्ष पद दुवैतिर कायमै रहेको छ ।

    नेकपालाई पुनः एकीकृत गर्न चीनबाट आएको टोली निराश भएर फर्किएको छ । तर बामदेव गौतम नेकपा एकता गराउने कुरामा विश्वस्त छन्, अझै थालेका छैनन् ।

    उपाध्यक्ष बामदेव गौतमले कतै कित्ता क्लीयर गरेका छैनन्, उनी न ओली पक्षीय बैठकमा गएका छन्, न प्रचण्ड पक्षीय बैठकमा । उनी तटस्थ उभिएका छन् ।

    गौतमनिकट एक नेताका अनुसार उनी अझै पार्टी एकीकृत गर्न सकिनेमा आशावादी छन् । त्यही भएर उनी कुनै पक्षमा नलागी दुवै पक्षसँग समन्वय र सम्पर्क गरिरहेका छन् ।

    उपाध्यक्ष गौतमले छुट्टाछुट्टै हिँडिरहेका ओली र प्रचण्डलाई एकीकृत गर्न सकिने कानूनी आधार भेटेका छन् । गौतम निकट नेताका अनुसार २ वटा दलबीच एकीकरण भएको ५ वर्षसम्म विभाजन हुन नपाइने कानूनी प्रावधान रहेको छ ।

    नेकपाका दुवै पक्षको विवाद निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगको निर्णयलाई दुवै पक्षले पर्खिरहेका छन् । कानूनमै ५ वर्षसम्म पार्टी फुट्न नपाइने उल्लेख भएपछि ओली र प्रचण्डको पुनः एकता सम्भव रहेको ती नेताले बताए ।

    दुवै पार्टी मिलाउने कानूनी आधार भेटेपछि उपाध्यक्ष गौतमले छिट्टै एकता अभियान नै घोषणा गर्ने तयारी गरिरहेका छन् । गौतमले आफूलाई सघाउने आफू जस्तै तटस्थ व्यक्तिको खोजी गरिरहेका स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend