शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओली पक्षीयलाई प्रचण्ड पक्षले गर्‍यो यस्तो कारवाही, प्रदेशमा पनि फुट्यो नेकपा

केपी ओली पक्षीयलाई प्रचण्ड पक्षले गर्‍यो यस्तो कारवाही, प्रदेशमा पनि फुट्यो नेकपा

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 4.3K
    SHARES

  • केपी ओली पक्षीयलाई प्रचण्ड पक्षले गर्‍यो यस्तो कारवाही, प्रदेशमा पनि फुट्यो नेकपा

    काठमाडौं – केन्द्रमा नेकपा विभाजित भएर छुट्टाछुट्टै गतिविधि भइरहेका बेला १ नम्बर प्रदेश सभामा नेकपा संसदीय दल विभाजित भएको छ ।

    नेकपाको प्रचण्ड–नेपाल पक्षले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाएर भीम आचार्यलाई दलको नेता चयन गरेको छ ।

    प्रचण्ड पक्षले मुख्यमन्त्री राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव समेत दर्ता गरेको छ । मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाइएको पत्रमा नेकपाका ३६ सांसदले हस्ताक्षर गरेका छन् ।

    अविश्वासको प्रस्तावमा ३७ जनाले हस्ताक्षर थियो । प्रदेश सभामा नेकपाका ६७ सांसद रहेका छन् ।

    यसअघि बाग्मती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएर प्रचण्ड–नेपाल पक्षले अष्टलक्ष्मी शाक्यलाई नेता चयन गरेको थियो ।

    नेकपा विभाजित भएपछि एकअर्कालाई हटाउने र कारवाही गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend