शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपाको बैंक खाताबाट ३० लाख गायब, पार्टीमा खैलाबैला

नेकपाको बैंक खाताबाट ३० लाख गायब, पार्टीमा खैलाबैला

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 4.2K
    SHARES

  • नेकपाको बैंक खाताबाट ३० लाख गायब, पार्टीमा खैलाबैला
    फाइल तस्वीर

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्दाफुट्दै पार्टीको बैंक खाताबाट ३० लाख रुपैयाँ गायब पारिएको आरोप लगाइएको छ ।

    नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैंक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल पक्षले झिकेर गायब पारेको आरोप ओली पक्षको छ ।

    नेकपा एकीकरण हुँदा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैंक धनगढी शाखामा संयुक्त खाता सञ्चालन भए पनि ३० लाख रुपैयाँ एकलौटी रूपमा झिकिएको आरोप छ ।

    नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा सामूहिक सम्पत्ति एकलौटी रूपमा प्रदेश अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाएका छन् ।

    ‘पार्टीको सम्पत्ति नासमास गर्न कसैले पनि पाउँदैनन्,’ थापाले भनेका छन्, ‘प्रचण्ड पक्षले निकै आपराधिक काम गरेको छ । मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैंकका म्यानेजरलाई समेत यस्तो परिस्थितिमा निकासा नदिन अनुरोध गरेको थिए । तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख रुपैयाँ गायब पारेका रहेछन् ।’ 

    अध्यक्ष थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको दाबी गरे । ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ । त्यो अपराधपूर्ण काम हो । कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौं,’ थापाले भने, ‘यो कुन राजनीतिसँग मेल खान्छ ? पार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एकखालले सामाधान होला ।’

    नेता भीम रावलले भने ३ जनामध्ये २ जनाको हस्ताक्षरले खाता सञ्चालन हुनसक्ने भएको र रकम निकालिएकोबारे हिसाबकिताब आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend