शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली–प्रचण्डबीच टेलिफोन वार्ता, भेट्नै पुगे विष्णु पौडेल र सुवास नेम्वाङ 

ओली–प्रचण्डबीच टेलिफोन वार्ता, भेट्नै पुगे विष्णु पौडेल र सुवास नेम्वाङ 

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 8.4K
    SHARES

  • ओली–प्रचण्डबीच टेलिफोन वार्ता, भेट्नै पुगे विष्णु पौडेल र सुवास नेम्वाङ 

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको १० दिनपछि पहिलो पटक बुधवार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन वार्ता गरेका छन् ।

    टेलिफोन वार्तामा ओली–प्रचण्डबीच राजनीतिक विषयमा कुराकानी नभई पारिवारिक विषयमा वार्ता भएको हो ।

    ओलीले अध्यक्ष प्रचण्डलाई फोन गर्दै प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    ललितपुरको मेडिसिटी अस्पतालमा बुधवार नै उपचारका लागि भर्ना भएकी सीताको स्वास्थ्य लाभको कामना गर्दै ओलीले अर्थमन्त्री विष्णु पौडेल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई पठाउन लागेको जानकारी प्रचण्डलाई गराएका थिए ।

    पुस ५ गते बिहान संसद विघटनअघि प्रचण्डले प्रधानमन्त्री ओलीसँग फोन गरी बालुवाटारमै गएर भेटेपछि नेकपाका २ शीर्ष नेताबीच पहिलोपटक फोनमा कुराकानी भएको जनाइएको छ ।

    छोरा प्रकाश दाहालको निधनपछि केही वर्षयता मानसिक तथा शारीरिक रूपमा कमजोर बनेकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधवार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । यसअघि देश र विदेशका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सीताको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।

    पूर्व सभामुख नेम्बाङले आफू र अर्थमन्त्री विष्णु पौडेल सीता दाहालको स्वास्थ्य अवस्था बुझेर मेडिसिटीबाट फर्किएको बताए । ‘हामी केहीबेरअघि मात्र सीताजीको स्वास्थ्य अवस्था बुझेर आएका हौं,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले पहिला आफैंले प्रचण्डसँग फोनमा कुराकानी गरेर आफूहरू २ जनालाई सीताको स्वास्थ्य अवस्थाबारे थप जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पठाएको नेम्बाङले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend