काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाल बिरामी भएर अस्पताल भर्ना भएकी छन् ।
सीतालाई उपचारका लागि भारत लैजाने तयारी भइरहेका बेला बुधबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
छोरा प्रकाश दाहालको निधनपछि केही वर्षयता मानसिक तथा शारीरिक रूपमा कमजोर बनेकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधवार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
यसअघि देश र विदेशका विभिन्न अस्पतालमा उपचार गर्दा पनि सीताको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।