शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बैंकमा भएको नेकपाको पैसा कसको ? प्रचण्ड–नेपाल पक्षले गर्‍यो पत्राचार

बैंकमा भएको नेकपाको पैसा कसको ? प्रचण्ड–नेपाल पक्षले गर्‍यो पत्राचार

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 5.9K
    SHARES

  • बैंकमा भएको नेकपाको पैसा कसको ? प्रचण्ड–नेपाल पक्षले गर्‍यो पत्राचार

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि बैंकहरूमा रहेको पैसा कसको हुने भन्ने विवाद समेत देखिएको छ ।

    बैंक खाता रोक्का गर्न माग गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले बैंकहरूमा पत्राचार गरेको छ ।

    पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको तर्क गर्दै प्रचण्ड–नेपाल समूहले नेकपाको खातामा रहेका बैंकहरूमा इमेलमार्फत पत्र पठाएका छन् ।

    प्रचण्ड–नेपाल पक्षले पुस १२ गतेको मितिमा बैंकहरूलाई पत्र पठाएको छ । नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरूलाई पत्राचार गरिएको जानकारी दिए । उनका अनुसार पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नलागुञ्जेलसम्म रोक्का राख्ने निर्णय अघिल्लो हप्ता बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो ।

    केन्द्रीय कमिटीको निर्णयपछि नेकपा पार्टी कार्यालयले पत्राचार गरेको उनले जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend