काठमाडौं - एकाएक प्रतिनिधिसभा विघटन गरेर वैशाखमा आमनिर्वाचन गराउने घोषणा गरेका प्रधानमन्त्री केपी ओलीको विकल्प खोजी हुन थालेको छ ।
नेकपा विभाजन भएकै अवस्थामा वैशाखमा ओलीले चुनाव गराउन नसक्ने निष्कर्ष निकाल्दै उनलाई हटाएर स्वतन्त्र राजनीतिज्ञ जो विवादमा नपरेको होस्, त्यस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाउन पहल सुरु भएको छ ।
भारतीय पूर्वविदेश सचिव श्याम शरणले नेपालमा प्रधानमन्त्री केपी ओलीको विकल्पको खोजी भइरहेको तथ्य खोलेका हुन् ।
दी ट्रिव्युन इन्डियामा एउटा लामो आलेखमार्फत उनले नेपालको अहिलेको राजनीतिक अवस्थामा चीनको मध्यस्तता दाबी गर्दै स्वतन्त्र राजनीतिज्ञलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे उल्लेख गरेका छन्।
‘चीनकी राजदूत होउ यान्छी रेफ्रीको भूमिकामा नेकपाका विभिन्न गुट एकीकृत बनाउन व्यस्त छिन् । चीनले एकताको अन्तिम प्रयास गर्नका लागि चार सदस्यीय टोली नेपाल पठाएको छ,’ उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीमाथि संसद भंगको निर्णय उल्टाउन र नेतृत्व परिवर्तन स्वीकार गर्न दबाव दिइएको छ ।’
ओलीलाई हटाएर उनको ठाउँमा विवादास्पद छवि नभएका राजनीतिज्ञको खोजी चीनले गरिरहेको र यसमा भारतले वास्ता नगरेको श्यामशरणले संकेत गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा भाषणका क्रममा भने, ‘ओली वैशाखसम्म मात्रै हो प्रधानमन्त्री, त्यसपछि पत्तासाफ ।’
प्रचण्डकै भनाइलाई पुष्टि गर्ने रहस्य नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरणले खोलेका हुन् । तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म त्यो प्रस्ताव स्वीकार नगरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।