सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कारवाहीमा परेपछि प्रचण्ड–नेपाल पक्षले बोलायो आकस्मिक बैठक

कारवाहीमा परेपछि प्रचण्ड–नेपाल पक्षले बोलायो आकस्मिक बैठक

  • मिडिया डबली
  • बुधवार, पौष १५ २०७७

  • 9.2K
    SHARES

  • कारवाहीमा परेपछि प्रचण्ड–नेपाल पक्षले बोलायो आकस्मिक बैठक

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले एकअर्कालाई कारवाही गरिरहेका छन् ।

    मंगलबार साँझ ओली पक्षीय नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचण्ड पक्षीय नेकपा संसदीय दलका उपनेता र सचेतकलाई कारवाही गर्दै बर्खास्त गरेपछि प्रचण्ड–नेपाल पक्षले आज बुधबार आकस्मिक बैठक बोलाएको छ ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेपछि पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो । नेकपा प्रचण्ड–नेपाल पक्षीय सांसद तथा प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विकसित घटनाक्रमको विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको बताइन् ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । प्रचण्ड–नेपाल पक्षले पौडेलविरुद्ध हस्ताक्षर संकलन गरेर प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend