काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद विघठन गरेपछि नेकपा २ धारमा बाँडिदा कार्यकर्ताहरू धमाधम कांग्रेस प्रवेश गर्न थालेका छन् ।
ओली सरकारमा नवनियुक्त मन्त्री गणेश ठगुन्नाको गृहजिल्ला दार्चुलामा समेत नेकपाभित्र विद्रोह भएको छ ।
दार्चुलामा मंगलबार नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा नेकपाका २ दर्जन कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । दार्चुलाका लोकप्रिय नेता दिपेन्द्रप्रसाद बडूको प्रभावले नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका जनाइएको छ ।
नेपाली कांग्रेसको आयोजनामा दार्चुलाको शैल्यशिखर नगरपालिका–५ बगौरामा भएको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा पूर्व माओवादीका जिल्ला कमिटी सदस्य अर्जुनसिंह साउँदसहित १२ जनाले नेपाली कांग्रेस प्रवेश गरेका काँग्रेस जिल्ला सभापति ललितसिंह बोहराले जानकारी दिए ।
कांग्रेस प्रवेश गर्नेमा गणेशसिंह ऐरी, करनसिंह ऐरी, करनसिंह साउँद, रामसिंह डाँगा, कृष्ण रावल, दलबहादुर थापा, मदनसिंह खडायत, रामसिंह डाँगा, लालबहादुर बिष्ट, विश्राम साउँद, अनिता साउँद लगायत रहेका छन् ।
सोमबार मात्रै मार्मा गाउँपालिकामा आयोजना गरिएको संसद विघटन विरुद्धको कार्यक्रममा नेकपाबाट उपमेयर लडेकी माधवी धामी खडायतसहित ४१ जनाले कांग्रेस प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक कदम, संसद विघटनको विरोधमा कांग्रेसको धारणा जनतासम्म पुर्याउने उद्देश्यले कांग्रेस यतिबेला कार्यकर्ता भेटघाटमा लागेको छ ।

वडा सभापति बलदेवसिंह डाँगाको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू प्रमुख अतिथि रहेका थिए भने सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दा बम तथा जिल्ला सभापति ललितसिंह बोहराको विशिष्ट आतिथ्यतता रहेका थिए ।
कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामी, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्की, व्याँस गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकी लगायत कांग्रेस नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।