शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

ओली पक्ष ज्यादै आक्रामक, प्रचण्ड पक्षीय २ जना पदबाट बर्खास्त

ओली पक्ष ज्यादै आक्रामक, प्रचण्ड पक्षीय २ जना पदबाट बर्खास्त

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 6.3K
    SHARES

  • ओली पक्ष ज्यादै आक्रामक, प्रचण्ड पक्षीय २ जना पदबाट बर्खास्त

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले एकअर्कालाई कारवाही र बर्खास्त गर्ने गरिरहेका छन् ।

    प्रचण्ड पक्षले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रचण्ड पक्षीय नेकपा संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् ।

    आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दा प्रचण्ड–माधवकुमार नेपाल पक्षका ४५ जना सांसदको नेतृत्व गरेका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई मुख्यमन्त्री पौडेलले मंगलवार पदबाट बर्खास्त गर्दै स्पष्टीकरण सोधेका छन् ।

    दुवै जनासहित ३० जना सांसदलाई स्पष्टीकरण सोधिएको मुख्यमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।

    ‘संसदीय दलको विधानअनुसार दुवै जनालाई कारबाही गरिएको हो,’ मुख्यमन्त्री पौडेलका प्रेस सल्लाहकार प्रकाश दाहाल भने, ‘आवश्यकताका आधारमा पहिलो चरणमा ३० जना सांसदहरूसँग स्पष्टीकरण सोधिएको छ ।’

    पदमुक्त गरिएका दुवै जना तत्कालीन नेकपा माओवादीको तर्फबाट प्रदेशसभा सांसदमा निर्वाचित भएका थिए ।

    नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यले पुस १० गते शुक्रवार मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

    बागमती प्रदेशमा नेकपाका कूल ८० सांसद रहेकोमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री पौडेलसँग ३४ र प्रचण्ड–नेपाल समूहसँग ४६ मत रहेको जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend