शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

अन्ततः प्रचण्डले भावुक हुँदै जनतासँग क्षमा मागेर गरे यस्तो घोषणा

अन्ततः प्रचण्डले भावुक हुँदै जनतासँग क्षमा मागेर गरे यस्तो घोषणा

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 5.8K
    SHARES

  • अन्ततः प्रचण्डले भावुक हुँदै जनतासँग क्षमा मागेर गरे यस्तो घोषणा

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भावुक हुँदै जनतासँग क्षमा मागेका छन् ।

    आज मंगलबार राजधानी काठमाडौंमा आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको बयलगाडा सिद्धान्त भएको थाहा पाउँदा–पाउँदै ओलीलाई विश्वास गरेकोमा क्षमा मागेका हुन् ।

    ओलीले हालसम्मकै सबैभन्दा निर्मम प्रहार गरेको प्रचण्डले घोषणा गरेका छन् । 

    कार्यक्रममा बोल्दै वरिष्ठ नेता झलनाथ खनालले घरघरमा ल्याउने भनिएको ग्यास चुल्हो प्रधानमन्त्री केपी ओलीले सबै आफ्नै घरमा लगेको व्यंग्य गरेका छन् ।

    नेता खनालले केपी ओलीले घरघरमा ल्याउने भनेको चुल्हो खै भनेर प्रश्न समेत गरेका छन् । ‘तीन वर्ष ओलीले गफगफ हानेर बिताए,’ नेता खनालले भने, ‘कहिले पानीजहाज भने, कहिले घरघरमा चुल्हो । खै चुल्हो ? ओलीले आफ्नै घरमा लगे होलान् ।’

    नेता खनालले सरकारलाई धेरै पटक आफूहरुले सुझाव दिएको तर नसुनेको आरोप लगाए । ‘उनले हाम्रो सुझाव एक पटक पनि सुनेनन् । पुँजीवादी नीति र कार्यक्रम आए । बजेट ठीक ढंगले ल्याइएन । परिणाम स्वरूप यो ३ वर्षमा गफै गफ हाँकेर बित्यो,’ खनालले भने, ‘उखान र टुक्का हालेर देश चल्दैन ।’

    खनालले मरिचमानले गरेजति पनि काम गर्न नसकेको भन्दै ओलीको आलोचना गरेका छन् । ओली सरकारले संसद विघटन गरेपछि आज प्रचण्ड–नेपाल नेकपाले काठमाडौंमा विरोध प्रदर्शन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend