काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले पार्टीको केन्द्रीय कमिटीमा नेताहरू १ हजार १९९ सदस्यीय बनाएको सिको गर्दै ओली निकट विद्यार्थी संगठन अनेरास्ववियूले समेत केन्द्रीय कमिटीमा नेताहरू थपेको छ ।
ऐन महर संयोजक रहेको ओली समूहको अनेरास्ववियूले केन्द्रीय कमिटीको संख्या साविकभन्दा ३ गुणा बढाएको छ ।
तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर ओली समूहको विद्यार्थी संगठनले १ हजार ९९ सदस्यीय कमिटी बनाइएको छ ।
विस्तारित कमिटीलाई महाधिवेशन आयोजक कमिटी भनिएको छ । तर महाधिवेशनको मिति भने तय नभएको ओली पक्षीय नेता समिक बडालले बताएका छन् ।
‘लामो समयसम्म नेतृत्व निर्माण रोकिएकाले यस्तो निर्णय लिनु परेको हो,’ बडालले भने । ओली समूहको अखिलले पुस १९ गते उपत्यका भेला, पुस २२ गते सबै जिल्ला भेला र पुस २५ गते विश्वविद्यालय कमिटीको भेला गर्ने तयारी गरेको समेत बडालले बताएका छन् ।
ओली समूहका अन्य जनवर्गीय संगठनहरूले साविकको कमिटी चलाएका छैनन् । राष्ट्रिय युवा संगठनका सहसंयोजक रमेश पौडेलले कमिटीको बैठक नबसेकाले कमिटी विस्तारबारे कुनै निर्णय नभएको बताएका छन् ।
‘हामी प्रदेश भेलाहरूमा छौं, कमिटी विस्तारबारे निर्णय भएको छैन,’ उनले भने । पौडेलको नेतृत्वमा बाग्मतीबाहेक सबै प्रदेशमा मोटरसाइकल प्रदर्शन र भेलाहरू भएका छन् । नेकपा विभाजित भएपछि दुवै पक्षले छुट्टाछुट्टै अभ्यास गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।