शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

केपी ओलीलाई अर्काे झड्का, प्रचण्ड पक्षले गर्‍यो यी मन्त्रीलाई बर्खास्त

केपी ओलीलाई अर्काे झड्का, प्रचण्ड पक्षले गर्‍यो यी मन्त्रीलाई बर्खास्त

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 6.6K
    SHARES

  • केपी ओलीलाई अर्काे झड्का, प्रचण्ड पक्षले गर्‍यो यी मन्त्रीलाई बर्खास्त

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरा बर्खास्त गरिएका छन् ।

    विभाजित नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलबार बर्खास्त गरेका हुन् ।

    मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई बर्खास्त गरिएको पुष्टि गरे ।

    नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका जनाइएको छ ।

    आफ्नै समूहभित्र असन्तुष्टि बढेर मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरु हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

    मुख्यमन्त्री भट्टले कैलालीका सांसद दीर्घ सोडारीलाई नयाँ मन्त्री नियुक्त गर्ने सम्भावना रहेको चर्चा नेकपाभित्र छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend