शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नेकपा मिलाउन आएका चिनियाँ नेता शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा

नेकपा मिलाउन आएका चिनियाँ नेता शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 5.5K
    SHARES

  • नेकपा मिलाउन आएका चिनियाँ नेता शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा

    काठमाडौं - संसद् विघटनसँगै सत्तारुढ नेकपा विभाजित भएसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष दूतका रूपमा नेपाल आएको कुओ येचौ नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटिसकेको छ।

    सोमबार दिनभर चिनियाँ टोली नेपालका नेताहरू भेट्न व्यस्त रह्यो । बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालका साथै जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग भेटवार्ता भएको थियो । 

    नेकपालाई विभाजन हुनबाट रोक्न अन्तिम कसरत गरिरहेको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएको छ । उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले बिहान साढे १० बजे देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेट्दै छ ।

    भेटमा नेपालमा भएको राजनीतिक परिवर्तन तथा दुई देशबीचको आपसी हित सम्बन्धमा छलफल हुने बताइएको छ। संसद् विघटनपछिको अवस्थाबारेमा पनि कुराकानी हुने बुझिएको छ । मुलुकको ठूलो राजनीतिक दल विभाजन भएसँगै नेपाली जनताले कांग्रेसप्रति भर गरिरहेको अवस्थामा चिनियाँ टोली सभापति देउवासँग छलफल गर्न बुढानिलकण्ठ जान लागेको हो । चिनियाँ टोली बुधबार अपराह्न मात्र स्वदेश फर्किने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend