आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बामदेवबारे प्रचण्डले गरे गम्भीर खुलासा, केपी ओलीलाई पर्ने भयो भारी

बामदेवबारे प्रचण्डले गरे गम्भीर खुलासा, केपी ओलीलाई पर्ने भयो भारी

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 5.7K
    SHARES

  • बामदेवबारे प्रचण्डले गरे गम्भीर खुलासा, केपी ओलीलाई पर्ने भयो भारी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफूहरूसँगै रहेको दावी गरेका छन् । गौतम र आफूबीच निरन्तर सम्पर्क रहेको भन्दै प्रचण्डले उनको जोड अझैपनि एकतातर्फ रहेकाले मात्रै तैपनि मिलाउन सकिन्छ कि भनेर तत्काल कतैपनि नखुलेको दावी गरे । ‘उहाँले सकिन्छ भने मिलाउनु पर्छ भनेर लाग्नुभएको छ ।

    हामीले पनि उहाँको चाहनालाई सम्मान गर्दै समर्थन गरेका छौं’, सोमबार एक टेलिभिजन अन्तर्वार्तामा प्रचण्डले भने, ‘वामदेवजीले पहल गर्छु भन्नु भएको छ । उहाँ आफ्नै ढंगले सोच्ने नेता हुनुहुन्छ । हामी भन्दा टाढा हुनुहुन्न ।’

    जनयुद्ध कालदेखि नै आफ्नो वामदेवसँग विशेष खालको सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘जसले हिजो युद्धलाई शान्तिमा रुपान्तरण गर्न भूमिका खेल्नु भएको छ । युद्ध मैदानमै गएर गणतन्त्रमा जाने लाइनमा हस्ताक्षर गराउनु भएको छ । उहाँ हामीबाट टाढा जाने कुरा छैन ।’

    तर, प्रचण्डले तत्काल केपी ओलीसँग एकता सम्भव नभएको पनि बताए । ‘कमिजोरीप्रति पश्चाताप गर्नुभयो भने संसद् भंग भएकोमा पश्चाताप गर्नुभयो भने पार्टी एकता असम्भव छैन’, उनले भने, ‘ओलीबाट यो सम्भव छैन । राजनीति हो अब २-४ वर्षपछि हुनसक्छ । अहिले सम्भव देख्दिनँ । केपीजीले इतिहासको कलंकको टीका लगाइसक्नुभयो’ प्रचण्डले ओलीले विघटन गरेको संसद् पुनःस्थापना कुनैपनि हालतमा हुनुपर्नेमा जोड दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend