शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

बैशाखको चुनावबाट कांग्रेस देशकै ठूलो पार्टी बन्ने प्रचण्डको घोषणा, देउवासँग सहकार्यको तयारी

बैशाखको चुनावबाट कांग्रेस देशकै ठूलो पार्टी बन्ने प्रचण्डको घोषणा, देउवासँग सहकार्यको तयारी

  • मिडिया डबली
  • मंगलवार, पौष १४ २०७७

  • 23.9K
    SHARES

  • बैशाखको चुनावबाट कांग्रेस देशकै ठूलो पार्टी बन्ने प्रचण्डको घोषणा, देउवासँग सहकार्यको तयारी

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपाली कांग्रेस देशकै ठूलो पार्टी बन्ने घोषणा गरेका छन् ।

    सोमबार राति कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रमको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले आगामी दिनमा कांग्रेससँग सहकार्य हुनसक्ने पनि बताए ।

    विगतमा पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग सहकार्य भएको भन्दै प्रचण्डले आगामी दिनमा पनि सहकार्य हुनसक्ने बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको भन्दै प्रचण्डले त्यसो भएको खण्डमा त्यतिबेला नै सहकार्य हुनसक्ने बताए । अन्यथा आगामी चुनावपछि कांग्रेस नै ठूलो पार्टी हुनसक्ने स्वीकार गर्दै प्रचण्डले आफूले नेतृत्व गरेको पार्टी पनि कांग्रेसकै हाराहारीमा पुग्ने भएकाले सहकार्य गर्न जरुरी नै रहेको बताए ।

    प्रचण्डले भारतीय गुप्तचर संस्था ‘रअ’सँग प्रधानमन्त्री केपी शर्मा ओलीको साँठगाँठबारे खुलासा गरेका छन् । उनले ‘रअ’ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री ओलीले नै नेपाल बोलाएको दाबी गरेका छन् । 

    अध्यक्ष प्रचण्डले आफूले बोलाएको गोयलसँग ओलीले बालुवाटारमा घण्टौं वार्ता गरेको पनि आरोप लगाएका छन् । उनले ओली भारतपरस्त रहेको संकेत गरे ।

    अध्यक्ष प्रचण्डले एकअर्कालाई कारबाहीको अवस्थामा पुगिसकेपछि पार्टी विभाजन भई नै सकेको भन्दै कानूनी रूपमा मात्रै घोषणा हुन बाँकी रहेको बताएका छन् ।

    प्रचण्डले उपाध्यक्ष वामदेव गौतम आफूहरूसँगै रहेको दाबी गरेका छन् । गौतम र आफूबीच निरन्तर सम्पर्क रहेको भन्दै प्रचण्डले गौतमको जोड अझै पनि एकतातर्फ रहेकाले तैपनि मिलाउन सकिन्छ कि भनेर तत्काल कतै पनि नखुलेको दाबी गरेका छन् ।

    ‘उहाँले सकिन्छ भने मिलाउनुपर्छ भनेर लाग्नुभएको छ । हामीले पनि उहाँको चाहनालाई सम्मान गर्दै समर्थन गरेका छौं,’ प्रचण्डले भने, ‘बामदेवजीले पहल गर्छु भन्नुभएको छ । उहाँ आफ्नै ढंगले सोच्ने नेता हुनुहुन्छ । हामीभन्दा टाढा हुनुहुन्न ।’

    जनयुद्धकालदेखि नै आफ्नो बामदेवसँग विशेष खालको सम्बन्ध रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘जसले हिजो युद्धलाई शान्तिमा रुपान्तरण गर्न भूमिका खेल्नुभएको छ । युद्ध मैदानमै गएर गणतन्त्रमा जाने लाइनमा हस्ताक्षर गराउनुभएको छ । उहाँ हामीबाट टाढा जाने कुरा छैन ।’

    अध्यक्ष प्रचण्डले तत्काल केपी ओलीसँग एकता सम्भव नभएको पनि बताए । ‘कमीकमजोरीप्रति पश्चाताप गर्नुभयो भने संसद् भंग भएकोमा पश्चाताप गर्नुभयो भने पार्टी एकता असम्भव छैन,’ उनले भने, ‘ओलीबाट यो सम्भव छैन । राजनीति हो अब २/४ वर्षपछि हुनसक्छ । अहिले सम्भव देख्दिनँ । केपीजीले इतिहासको कलंकको टीका लगाइसक्नुभयो ।’

    प्रचण्डले ओलीले विघटन गरेको संसद् पुनःस्थापना कुनै पनि हालतमा हुनुपर्नेमा जोड दिएका छन् । सरकारले संसद विघटन गरेर आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend