काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई घन्टा भेटी बालुवाटार फर्केका छन्। शीतलनिवास स्रोतका अनुसार मंगलबार बेलुका ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओली नौ बजेमात्र शीतल निवासबाट बाहिरिएका छन्।
नेकपा विवाद र अस्थीर राजनीतिक घटनाक्रमबीच नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले राष्ट्रपति, प्रधानमन्त्रीलगायत नेकपाका नेताहरुसँग भेट गरिरहेकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग भेट्न शीतलनिवास पुगेका हुन्।
पार्टीको राजनीतिमा विशेष गरी ओलीले गरेका हरेक निर्णयमा सिधै तोक लगाउने भण्डारीको भूमिमा चर्काे आलोचना हुँदै आएको छ। त्यतिमात्रै होइन चिनियाँ टोलीले नेपाल ओर्लने बित्तिकै सबैभन्दा पहिले भण्डारीसँग नै भेटवार्ता गरेको थियो। यसबाट पनि थाहा हुन्छ कि नेकपाको आन्तरिक राजनीतिमा भण्डारीले कत्तिको पहुँच र हस्तक्षप गर्छिन भन्ने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।