काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षीय रहँदै आएका पूर्व माओवादी नेता प्रभू साह सुटुक्क प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर मन्त्री कसरी बने ? सर्वत्र चासोको विषय रहँदै गर्दा स्वयं साहले यसबारे प्रस्ट पारेका छन् ।
नवनियुक्त शहरी विकासमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रदेश २ अध्यक्ष प्रभू साहले प्रचण्ड समूह त्याग्नुको कारणबारे स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोध गरेका साहपछि विघटन गर्ने निर्णय गरेको सरकारमै मन्त्री बनेपछि आलोचना भइरहेको छ ।
साहले प्रचण्डले २ अध्यक्ष रहने व्यवस्था फेरि अपनाउँदै माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाएकोमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रचण्डले भागबण्डाकै लागि असफल सिद्ध भइसकेको २ अध्यक्ष प्रणाली फेरि लागू गर्दै देशलाई अस्थिरतामा पुर्याउँदै गणतन्त्र असफल बनाउन प्रयास गरेको मन्त्री साहको आरोप छ ।
पुरानै गल्ती दोहोर्याउँदै प्रचण्डले माधव नेपाललाई अध्यक्ष बनाएकोले आफूले प्रचण्डको साथ छाडेको साहले बताए । साहले नेता नेपाललाई राजासामु लम्पसार भएको लगायत असक्षम, असफल, अवसरवादी र महाधिवेशनमा पराजित व्यक्तिको रूपमा प्रस्तुत गर्दै प्रचण्डको निर्णयको विरोध गरेका छन् ।
साहले गुटबन्दी र भागबण्डा विरुद्धमा देशमा स्थायित्व, विकास, सुशासन र समृद्धिको जनआकांक्षा पूरा गर्न मन्त्री बनेको बताए ।
मन्त्री साहले २ अध्यक्ष प्रणालीकै कारण प्रचण्ड र ओलीबीच विवाद भएको तथा ओलीलाई काम गर्न नदिइएपछि अहिलेको अवस्था सिर्जना भएको प्रस्ट पारेका छन् ।
यस्तो छ पूर्णपाठ –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।