बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

'चिनियाँ मिसन' काठमाडौं आउँदा बेइजिङले दिनुपर्‍यो स्पष्टीकरण

'चिनियाँ मिसन' काठमाडौं आउँदा बेइजिङले दिनुपर्‍यो स्पष्टीकरण

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 4.2K
    SHARES

  • 'चिनियाँ मिसन' काठमाडौं आउँदा बेइजिङले दिनुपर्‍यो स्पष्टीकरण

    काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलले काठमाडौंमा नेकपा नेताहरूलाई भेटघाट गरिरहँदा बेइजिङमा चीनले स्पष्टीकरण दिनुपरेको छ ।

    चीनले चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्टीकरण दिएको छ ।

    नेपालको सबैभन्दा ठूलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा उत्पन्न संघर्षका कारण संसद विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले आफ्ना पार्टीका नेताहरूको टोली काठमाडौं पठाएको छ । टोलीले काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतलाई भेटिसकेको छ ।

    आज सोमवार बेइजिङमा भएको चिनियाँ परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता चाओ ली च्येनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले अर्काको स्वतन्त्रता, समानता, आपसी सम्मान र कसैको आन्तरिक मामिलामा हस्तक्षेपको सिद्धान्त अपनाउँदैन ।’

    बेइजिङमा रहेका भारतीय पत्रकारले सीपीसी केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सहितको नेपाल भ्रमणको उद्देश्य के हो भनेर जिज्ञासा राख्दा परराष्ट्रका प्रवक्ता चाओले राजनीतिक विश्वास तथा व्यावहारिक सहयोग प्रवर्द्धन गर्नु र २ देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै भ्रमणको लक्ष्य रहेको बताएका छन् ।

    ‘आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकास जस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो,’ उनले भने ।

    औपचारिक पत्रकार सम्मेलनमा जेसुकै भनेपनि चिनियाँ टोली गोप्य मिसनसहित काठमाडौंमा सक्रिय रहेको छ । चिनियाँ टोलीले नेपाल प्रहरीको सुरक्षा लिन पनि अस्वीकार गरेको छ । गोप्य रूपमै योजना सफल बनाउने रणनीति अनुसार चिनियाँ टोली सक्रिय रहेको छ ।

    प्रवक्ता चाओले चिनियाँ कम्युनिस्ट पार्टीले सबै प्रमुख राजनीतिक दलहरुसँग समान र मैत्रीपूर्ण सम्बन्ध कायम राखेको बताउँदै नेपाली राजनीतिक दलहरुसँग नेपाल–चीन रणनीतिक तथा सहकार्यमूलक साझेदारीमा केन्द्रित विकास निर्माणका सवालमा दुबै देशका जनताको फाइदाका लागि काम गर्न इच्छुक रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend