शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

काठमाडौंमा गोप्य चिनियाँ मिसनको ‘ट्रयाप’, नेकपा नेताहरू फन्दामा

काठमाडौंमा गोप्य चिनियाँ मिसनको ‘ट्रयाप’, नेकपा नेताहरू फन्दामा

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 4.4K
    SHARES

  • काठमाडौंमा गोप्य चिनियाँ मिसनको ‘ट्रयाप’, नेकपा नेताहरू फन्दामा

    काठमाडौं – तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि नेताहरू गोप्य चिनियाँ मिसनको ट्रयापमा परेका छन् ।

    कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउले नेतृत्व गरेको टोलीले आईतबार काठमाडौं आएसँगै दौडधुप अगाडि बढाएको छ ।

    टोलीले आईतबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । नेपाल प्रहरीको सुरक्षा लिन अस्वीकार गरेको चिनियाँ टोलीले गोप्य रूपमा भित्रभित्रै के गरिरहेको छ भन्ने खुलेको छैन ।

    चिनियाँ टोलीले सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेटवार्ता गरेको छ ।

    अन्र्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले खनाल निवास डल्लुमा सोमवार भेटवार्ता गरेको खनालको सचिवालयले जानकारी दिएको छ । 

    करीब १ घण्टा भएको कुराकानीमा २ पार्टी र २ देशबीचको सम्बन्ध अझ राम्रो बनाउने, सुदृढ गर्नेबारेमा छलफल भएको स्वकीय सचिब कृष्ण भट्टराईले बताए ।

    टोलीले पूर्व प्रधानमन्त्री खनालसँग नेपालको वर्तमान परिस्थितिबारे जिज्ञासा राखेका थिए । आईतबार नेपाल आएको टोली ४ दिनसम्म नेपालमा रहने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend