शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

गगन थापाले गरे केपी ओलीका यी अपराध र कुकर्मको खुलासा

गगन थापाले गरे केपी ओलीका यी अपराध र कुकर्मको खुलासा

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 6.0K
    SHARES

  • गगन थापाले गरे केपी ओलीका यी अपराध र कुकर्मको खुलासा

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्काे अपराध र कुकर्म गरेर जनताको अपमान गरेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभा संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशव्यापी विरोध कार्यक्रम अन्तर्गत नेपालगञ्जमा आयोजित विरोध सभामा सम्बोधन गर्दै थापाले प्रधानमन्त्री ओली कायर मात्र नभएर जाली र झेली भएको आरोप लगाए ।

    नेपालको संविधान अनुसार संसदमा टाउको गनेर प्रधानमन्त्री बनेका ओलीले संविधान बमोजिम संसदको अधिवेशन नबोलाएर राष्ट्रपतिको सहारामा संसदको विघटन गरेर संविधान, लोकतन्त्र र जनभावनामाथि कुठाराघात गरेको उनको आरोप छ ।

    नेता थापाले विगतमा संसदीय व्यवस्थामा देखिएको कमजोरीका कारण संविधानमा संसद विघटनको प्रावधान नराखेकोमा प्रधानमन्त्री र राष्ट्रपतिले संविधान मिचेर विघटन गरेको दाबी गरेका छन् ।

    विगत ३ वर्षको अवधिमा ओलीले एकपछि अर्को अपराध र कुकर्म गरेर देश र जनतामाथि अपमान गरेको नेता थापाले बताए ।

    अहिलेको स्थिति उत्पन्न हुनुमा ओली मात्र दोषी नभएको बताउँदै उनले यसका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालले ओलीको कुशासनविरुद्ध मौनता साँध्नाको परिणाम भएको बताएका छन् ।

    यही स्थिति रहेमा नेकपा नेता प्रचण्डले कुनै दिन रत्नपार्कमा उभिएर ‘म कम्युनिष्ट हुनु नै सबैभन्दा ठूलो गल्ती रहेछ’ भन्न बेर नभएको उनले बताएका छन् ।

    संसद विघटन गरेर संविधानमाथि प्रहार भएको बताउँदै यो बाटो सच्चिएन भने आगामी दिन नेपाल र नेपाली जनताको हक, अधिकार ओरालो लाग्ने ठोकुवा गरेका छन् ।

    संसद विघटनको विषय अहिले अदालतमा विचाराधीन रहेको बताउँदै आफू र आफ्नो पार्टी स्वतन्त्र न्यायालयमाथि विश्वास गर्ने उनले बताए । अदालतले विगतमा राजाको प्रत्यक्ष शासनको समयमा जस्तै निष्पक्ष न्याय निरुपण हुने आशा नेता थापाले व्यक्त गरेका छन् ।

    नेता थापाले ओलीले संसद विघटन गरेपछि बैशाखमा निर्वाचन गराउलान् र कांग्रेसका सदस्यहरूलाई सांसदको लोगो लगाइदिने कार्य गर्लान् भनि ढुक्क नहुन आम कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend