बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड पत्नी सीता बिरामी, उपचारका लागि विदेश लैजाने तयारी

प्रचण्ड पत्नी सीता बिरामी, उपचारका लागि विदेश लैजाने तयारी

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 6.7K
    SHARES

  • प्रचण्ड पत्नी सीता बिरामी, उपचारका लागि विदेश लैजाने तयारी

    काठमाडौं – पार्टी विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद भएर अप्ठ्यारोमा परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल बिरामी परेकी छन् ।

    सीता दाहालको स्वास्थ्य उपचारका लागि पुनः भारत लैजाने तयारी भइरहेको छ ।

    लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै हप्ता उपचारका लागि भारतमा लैजाने तयारी गरिएको छ ।

    भारतका चिकित्सक र अस्पतालसँग परामर्श भइरहेको प्रचण्डका निजी सचिव तथा पुत्री गंगा दाहालले बताइन् । ‘यहाँका चिकित्सकहरूले आमाको रिपोर्ट लिएर भारतका विशेषज्ञ चिकित्सकसँग सल्लाह गरिराख्नुभएको छ । ४–५ दिनभित्र आमालाई भारत लाने तयारी हुँदैछ,’ उनले भनिन् ।

    प्रचण्ड पत्नी सीताको स्मरण शक्ति कमजोर हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा–हिँड्दै लड्ने जस्ता समस्या देखिएका छन् । यसअघि सीताको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेसन्ट सेन्टरमा गरिएको थियो ।

    सीता दाहालको सिंगापुरमा पनि उपचार गरिएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend