बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकारका यी मन्त्रीलाई गृहजिल्लामै बहिष्कार, पार्टीबाटै यति ठूलो कारवाही

ओली सरकारका यी मन्त्रीलाई गृहजिल्लामै बहिष्कार, पार्टीबाटै यति ठूलो कारवाही

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 5.5K
    SHARES

  • ओली सरकारका यी मन्त्रीलाई गृहजिल्लामै बहिष्कार, पार्टीबाटै यति ठूलो कारवाही

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई पार्टीबाट कारवाही गरिएको छ ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले तामाङलाई कारवाही गरेको हो । 

    नेकपा सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष झम्क नेपालले आईतबार लामालाई कारवाही गरेको प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।

    मन्त्री तामाङ नेकपा सिन्धुपाल्चोका जिल्ला सचिव रहेका थिए । प्रदेशसभा निर्वाचनमा पराजित तामाङलाई प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिपरिषद्मा मन्त्री बनाएका थिए ।

    ओलीके असंवैधानिक कदम स्वीकार गरी पार्टी आन्दोलन र जनताप्रति धोका दिएको आरोप जिल्ला कमिटीले लगाएको छ । ‘असंवैधानिक सरकारको कथित मन्त्री पद स्वीकार गरी आन्दोलन, पार्टी र जनताप्रति गम्भीर विश्वासघात र धोका दिँदै कमरेड दावा तामाङ प्रतिगामी कित्तामा पुग्नुभएको छ,’ अध्यक्ष नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘त्यसैले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचमा रहेको सम्पूर्ण सम्बन्धहरूलाई स्वतः भंग गर्नुभएको छ ।’

    सिन्धुपाल्चोकमा प्रचण्ड–माधव समूहको बाहुल्यता रहेकाले पूर्व मन्त्री शेरबहादुर तामाङ समेत अन्त्यमा प्रचण्ड–नेपाल समूहमै फर्किएका थिए । मन्त्री तामाङका जुनसुकै कार्यक्रम बहिस्कार गर्न समेत जिल्ला नेकपाले निर्देशन गरेको छ ।

    प्रेस वक्तव्यमा भनिएको छ, ‘असंवैधानिक सरकारको मन्त्री सामेल हुने सम्पूर्ण सामाजिक कार्यक्रमहरूमा सहभागी नहुने, तदअनुरूपको व्यवहार गर्न मातहतको पार्टी कमिटी, स्थानीय सरकार र आमजनसमुदायहरुमा अनुरोध गर्दछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend