काठमडौं – नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्तता सुरु भएको छ। नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो ।
नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो । अहिले चिनियाँ टोली प्रचण्ड निवास खुमलटारमा पुगेको छ। केहीबेरमा सो टोलीले माधवकुमार नेपालसँग भेट्नेछ। भूमिगत शैलीमा पीपीई नै लगाएर नेपाल आएको चिनियाँ टोलीले भ्रमण तालिका, भेटवार्ताको समय केही पनि सार्वजनिक गरेको छैन। ले भेट्दैछ ।
आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ । प्रधानमन्त्रीसँग आज भेट्ने बताए पनि चिनियाँ टोलीले हिजो रानी नै भेट गरिसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।