काठमाडौं – नेपालको राजनीतिमा हस्तक्षपकारी भूमिका खेल्दै आएको चिनियाँ टोली पछिल्लो पटकको नेकपाको विवाद मिलाउन सक्रिय देखिएको छ। राजदूत होउ यान्छीकै सक्रियतामा हिजो मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली काठमाडौं आएको छ।
काठमाडौं आउने बित्तिकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेको टोलीले आज (१३ गतें) प्रधानमन्त्री ओलीसँग भेट गर्ने सूचना बाहिर चुहाएको थियो। तर, झुट सुचना बाहिर ल्याएर चिनियाँ टोलीले हिजो साँझ नै प्रधानमन्त्रीलाई भेटेको पाइएको छ।
आज पार्टीका अन्य नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरुसँग भेट गर्ने बताइएको छ। नेकपा विभाजन भइसकेपछि चिनले निकै चासोको साथ मिलाउन बल प्रयोग गरेको छ। नेकपाका एक अध्यक्ष केपी ओली पछिल्लो समय भारततिर ढल्किएपछि चिनले आफ्नो सक्रियता बढाएको छ। अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल भने चिन तर्फ नै रहेको बुझिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।