शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
नेकपा बिबाद

केपी ओली नेकपालाई अर्काे धक्का, बिहानैदेखि हलचल !

केपी ओली नेकपालाई अर्काे धक्का, बिहानैदेखि हलचल !

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 15.8K
    SHARES

  • केपी ओली नेकपालाई अर्काे धक्का, बिहानैदेखि हलचल !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडामा नेकपा फुटिसकेको छ । नेता कार्यकर्ताहरू कुन गुटमा लाग्ने भनेर रनभूल्लमा परेका छन् ।

    कतिपय नेता कार्यकर्ता यसअघिको निकटता त्यागेर गुट परिवर्तन गरिरहेका छन् । संघीय सरकारबाट कतिपय मन्त्रीले राजीनामा दिएर नयाँ मन्त्री बनेका छन् । अब प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री हटाउने प्रतिस्पर्धा चलेको छ ।

    प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईलाई हटाउन आईतबार बिहान अविश्वासको प्रस्ताव दर्ता भएपछि केपी ओली नेकपालाई अर्काे धक्का लागेको छ । यसअघि ओली पक्षकै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउन प्रस्ताव दर्ता भइसकेको छ ।

    मुख्यमन्त्री राईलाई हटाउन आईतबार बिहानैदेखि हलचल भइरहेको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित ३ जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।

    सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरूमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास छन् ।

    शनिवार मुख्यमन्त्री शेरधनले आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ ।

    प्रदेश सभामा कूल ९३ सदस्य रहेकोमा नेकपाका ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली नेकपा अर्थात् मुख्यमन्त्री राईको पक्षमा २० जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४७ सांसद रहेका छन् । केही सदस्यहरू अझै अलमलमा छन् ।

    अब मुख्यमन्त्री शेरधन राईले पार्टी संसदीय दलभित्र पनि अल्पमतमा परेका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ सरकारमा मुख्यमन्त्री पाउने सम्भावना यसअघि नै थिएन । अब प्रचण्ड–नेपाल समूहले राईलाई मुख्यमन्त्रीबाट हटाएर भीम आचार्यलाई प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा रहेपनि प्रदेश १ भित्र ओली पक्ष कमजोर देखिँदै आएको थियो । १ नम्बर प्रदेशमा माधवकुमार नेपाल पक्ष बलियो रहेका बेला पूर्व माओवादी पक्षले नेपालतिरै साथ दिँदा ओलीलाई झन् धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend