काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर बाँडिने क्रम रोकिएको छैन ।
अब प्रधानमन्त्री ओलीलाई धक्का लाग्ने गरी एक नेता प्रचण्ड पक्षमा लागेका छन् ।
शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनका क्रममा मन्त्री पद नपाएपछि ओली पक्षका नेकपा केन्द्रीय सदस्य छक्कबहादुर लामा प्रचण्डतिर लागेका हुन् ।
मन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका लामाले मन्त्री पद नपाएपछि पुनः प्रचण्डतिरै फर्किएका हुन् । यसअघि पूर्व माओवादी पक्षका लामा मन्त्री बन्न पाइने आशसहित ओलीतिर लागेका थिए ।
शुक्रबार भएको मन्त्रिपरिषद् विस्तारमा लामालाई मन्त्री नबनाएपछि शनिवार एक विज्ञप्ति जारी गर्दै लामा प्रचण्डतिरै फर्किएका छन् ।
नेकपा स्रोतका अनुसार ओलीतिर रहँदा पनि लामाले मन्त्री हुन नपाउने देखेपछि पुनः प्रचण्डतिरै फर्किएका छन् । मन्त्री नपाएपछि आक्रोशित लामाले ओली नेतृत्वको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सदस्य अस्वीकार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेर प्रचण्ड–नेपाल पक्षमा रहेको जनाएका छन् ।
लामाले २०४८, २०७० र र २०७४ सालको निर्वाचनमा हुम्लाबासी जनताले दिएको अभिमतको सम्मान गर्दै ओली पक्ष अस्वीकार गरेको जनाएका छन् ।
पूर्व माओवादीका तत्कालीन सल्लाहकार सदस्य समेत रहेका लामा मन्त्रीले मन्त्री बनाउने आश्वासन पाएपछि पुस ६ गते प्रचण्डको साथ छाडेर ओली पक्षमा लागेका थिए । ओलीले पूर्व माओवादीका सबैलाई मन्त्री बनाएपनि लामालाई छुटाएका थिए । जसको असर स्वरूप लामाले ओलीलाई छाडेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।