शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

सुुटुक्क शपथ खाने यी मन्त्रीको गाउँमा छैन खुसीयाली, उल्टै कार्यकर्ताले जलाए पुत्ला

सुुटुक्क शपथ खाने यी मन्त्रीको गाउँमा छैन खुसीयाली, उल्टै कार्यकर्ताले जलाए पुत्ला

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 5.6K
    SHARES

  • सुुटुक्क शपथ खाने यी मन्त्रीको गाउँमा छैन खुसीयाली, उल्टै कार्यकर्ताले जलाए पुत्ला

    काठमाडौं – नेकपा विभाजनका क्रममा एक दिनअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे विरोध गरेर अर्काे दिन सुटुक्क श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका गौरीशंकर चौधरीको गाउँमै चर्काे विरोध भएको छ ।

    गाउँको निर्वाचित सांसद मन्त्री भएकोमा खुसीयाली हुनुपर्नेमा दोहोरो चरित्र देखाउने, कार्यकर्तालाई झुक्याउने मन्त्री चौधरीविरुद्ध गाउँलेहरू आक्रोशित बनेका छन् ।

    चौधरी निर्वाचित निर्वाचन क्षेत्रमा नेकपा प्रचण्ड–नेपाल पक्षले पुत्ला दहन गरेर विरोध जनाएको छ । केही दिनअघि कैलालीमा रहेका बेला चौधरीले ओलीको विरोध गरेर कार्यकर्तालाई उचालेका थिए ।

    ‘गौरीशंकरले हामीलाई धोका दिनुभयो, त्यही भएर विरोध गरिरहेका छौं,’ नेकपा कैलालीका नेता परशु चौधरीले भने, ‘हामीले विरोध स्वरूप पुत्ला दहन गरेका हौं ।’

    लामो समय प्रचण्ड–नेपालको समूहमा रहेका चौधरी मन्त्री बन्नलाई एकाएक ओली समूहमा गएका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तारित मन्त्रिपरिषद्मा चौधरीलाई श्रम मन्त्रीको जिम्मेवारी दिएका छन् ।

    प्रचण्ड पक्षकै नेता लेखराज भट्ट यसअघि समेत प्रचण्डलाई धोका दिएर ओलीतिर लागेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend