ललितपुर - पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ । अहिले दुई पक्षले समानान्तर पार्टी सञ्चालन गरिरहेका छन् । तर, गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिनअघि प्रेस नोट जारी गर्दै कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।
तर, बालुवाटार स्रोतले भने गौतम केही दिनभित्रै ओली नेकपामा जाने तयारी गरेका छन् । प्रचण्ड नेपाल समूहमा जाँदा आफूले खोजेको ठाउँ नपाउने भन्दै उनी ओली नेकपा गएर उपाध्यक्ष खाने र अध्यक्षका लागि तयारीमा लाग्ने मनस्थितिमा देखिएका छन् ।
त्यसअघि वामदेव गौतम शनिबार बिहान खुमलटारस्थित पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका थिए । गौतम शनिबार बिहान ४५ मिनेट प्रचण्डसँग कुराकानी गरेर भैंसेपार्टी फर्केका हुन् ।
वामदेव खुमटार पुग्दा प्रचण्डसँग माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठले छलफल गरिरहेका थिए । प्रचण्डसँगको भेटमा गौतमले केही गरेर पनि पार्टी विभाजन रोक्न नसकिएको भन्दै गुनासो गरेको स्रोतले बताएको छ ।
गौतमले पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल गरेका थिए । पार्टी एकताका लागि अझै पनि पहल गर्नुपर्ने भन्दै एकले अर्कालाई सिध्याउँदा आफूहरु समस्यामा पर्नेतर्फ नेताहरुलाई गौतमले सचेत गराएका थिए । वामदेवको यो घुर्कीलाई प्रचण्ड, माधव नेपाल र श्रेष्ठले ओली समूहमा जाने कदमको रूपमा व्याख्या गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।