शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

प्रचण्डको गृहजिल्लामा नेकपाभित्र बबन्डर, ओली पक्षको एकलौटी कब्जा !

प्रचण्डको गृहजिल्लामा नेकपाभित्र बबन्डर, ओली पक्षको एकलौटी कब्जा !

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 5.9K
    SHARES

  • प्रचण्डको गृहजिल्लामा नेकपाभित्र बबन्डर, ओली पक्षको एकलौटी कब्जा !

    काठमाडौं – सत्ताको लुछाचुडीका कारण विभाजित भएका नेकपा अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडा अझै साम्य भएको छैन ।

    अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा नेकपाभित्र बबन्डर मच्चिएको छ । नेकपा चितवनको पार्टी कार्यालयमा केपी ओली पक्षले एकलौटी कब्जा गर्दै ताला लगाइदिएको छ ।

    आज शनिवार बिहानै पार्टी कार्यालयमा पुगेका ओली पक्षका स्थानीय नेता कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै तालाबन्दी गरेर कब्जा गरेका छन् ।

    पूर्व एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकाले ताला लगाइएको ओली पक्षीय अनेरास्ववियू चितवनका अध्यक्ष प्रकाश आचार्यले बताएका छन् ।

    ओली पक्षीय नेताहरूले भवनको मूल गेटमा प्रेस विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण खुलाएका छन् । चितवनको नेकपा जिल्ला कमिटीमा प्रचण्ड–माधव पक्ष हाबी भएपनि पार्टी कार्यालयमा भने ओली पक्षले हस्ताक्षेप गरेका छन् ।

    चितवनमा ओली पक्षका कार्यकर्ताले प्रधानमन्त्रीको कदमको स्वागत गर्दै दीप प्रज्वलन गर्ने र प्रचण्ड–माधव समूहले राँके जुलुस र विरोध प्रर्दशन गर्ने शृंखला चलेको छ ।

    केन्द्रमा पनि पार्टी फुटेपछि छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक राखेर एकअर्कालाई कारवाही गर्ने गरिएको छ । प्रचण्ड–नेपाल समूहले संसद पुनःस्थापनाको माग राख्दै आन्दोलन घोषणा गरेको छ भने ओली पक्षले निर्वाचनको तयारी गरिरहेको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिएको छ । सरकारको यस्तो कदमको सर्वत्र विरोध भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend