काठमाडौं – संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेका छन्।
हिजो साँझ बसेको मन्त्रिपरिषदको बैठकले १७ गतेको लागि राष्ट्रियसभाको हिउँदे अधिवेशन आह्वान गरेको हो। शुक्रबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद् हेरफेरपछिको बैठकले अधिवेशन बोलाउने निर्णय गरेको हो। असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।